काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुनेछ ।
त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको बताइएको छ । त्यस्तै सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।
शनिबारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थलबारे पनि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी थिइन् ।