काठमाडौं – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको हो।
स्कटल्यान्डविरुद्धको खेलबाट नेपाली टोलीमा तीन खेलाडी परिवर्तन भएको छ।
टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई आजको खेलमा बेन्चमा राखेका छन्।
उनीहरुको स्थानमा इशान पाण्डे, कुशल भुर्तेल र सोमपाल कामी प्लेइङ ११ मा आएका छन्।