AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • राजनीति
  • विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि बैठक नै स्थगित

विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि बैठक नै स्थगित

  • मङ्लबार, जेष्ठ १२, २०८३
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि बैठक नै स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले गरेको विरोधलाई सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पाार्र्टी (रास्वपा)का सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि विपक्षीहरु आक्रोशित बनेका थिए ।

विपक्षीहरुले झन उग्र रुपमा विरोध गर्न थालेपछि सभामुख डोलप्रसाद आर्यालले बैठक नै स्थगित गर्नु परेको थियो ।

संसदमा प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थिति माग गर्दै निरन्तर विरोध गरिरहेका विपक्षी दलहरूलाई खरेलले आरोप लगाएपछि बैठक नै स्थगित भएको छ । विपक्षीको विरोधकाबीच पनि संसद्को कारबाही अघि बढीरहेको थियो ।

कार्यसूची अनुसार पर्यटन विधेयकमाको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टममा पुगेका सांसद खरेलले सुरूमै विपक्षीहरूलाई आरोप लगाउन थालेपछि फ्लोरमा उनीविरुद्ध विरोध गरिरहेका सांसदहरु झन् आक्रोशित भएका थिए ।

कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए ।

त्यसक्रममा कांग्रेस प्रमुख सचेतक वासना थापाले थुम्थुम्याएर पछाडि हटाएकी थिइन् । यसअघि सभामुखले नै संसदमा अर्यादित शब्द प्रयोग गर्न भन्दै पटक–पटक रुलिङ गरेका थिए ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली देखि एमाले संसदीय दलका नेता रामबहादुर थापा समेतको बोली यसअघि संसदीय रेकर्डबाट हटाइएको थियो ।

खरेलले भनेका थिए–‘मलाइ आज गहिरोसँग महसुस भयो । आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्‍यो भनेर महसुस भइरहेको छ मलाई । संसद् यसैगरी चलेर विगत वर्षदेखि हामीले, २०७२ सालमा संविधान बनेदेखि जति ऐन बनाउनुपर्ने थियो त्यति किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ ।’

विपक्षीहरूतर्फ चोर औंला देखाउँदै उनले विपक्षी दलका सांसदहरूको तमासाको संज्ञा दिएका हुन् ।

जनताका कानून बनाउने सन्दर्भमा विपक्षी दलका सांसदहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भनेर आग्रह गर्दै उनले भने–‘संसदीय तामासा हामीले जुन देखाइरहेका छौं । सँधै सकारात्मक मात्रै हुँदैन । प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुराले कानून बनाउने प्रक्रियामा अवरोध गर्न मिल्छ ?’

सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

स्थगित भएको १ घण्टा पुग्नै लाग्दा समेत अझै बैठक शुरु भएको छैन ।

सम्बन्धित समाचार