AarthikBikash
शनिबार, जेष्ठ १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एसियन गेम्स छनोट: मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन गेम्स छनोट: मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

  • शनिबार, जेष्ठ १६, २०८३
एसियन गेम्स छनोट:  मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं – एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दैछ।

शनिबार मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर घरेलु टोलीलाई फिल्डिङको निम्तो दिएको हो।

नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। मलेसिया भने समूह एको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो।

नेपालको राष्ट्रिय महिला क्रिकेट टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछ।

आज हारे पनि नेपालले एसियाली खेलकुदमा स्थान बनाउन थप एक मौका पाउनेछ। समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार