AarthikBikash
बुधबार, जेष्ठ २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राप्रपा सांसद खुस्बु ओलीलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की

राप्रपा सांसद खुस्बु ओलीलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की

  • बुधबार, जेष्ठ २७, २०८३
राप्रपा सांसद खुस्बु ओलीलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु आलीले आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी छन् ।

आजको संसद बैठकमा बोल्दै उनले संसदमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा ज्यान मार्नेसम्मको धम्की आएको भन्दै सभाको ध्यानाकर्षण गराएकी हुन् ।

ओलीले केही दिनअघि संसद बैठकमा ९० प्रतिशत सनातति बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाएकी थिइन् । त्यसपश्चात् आफूलाई सुनियोजितरुपमा सामाजिक सञ्जालबाट धम्की आइरहेको उनले बताइन् ।

उनले भनिन्–‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो । के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ? म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

सम्बन्धित समाचार