AarthikBikash
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्घटनामा फास्ट ट्र्याकका इञ्जिनियर र चालकको मृत्यु

दुर्घटनामा फास्ट ट्र्याकका इञ्जिनियर र चालकको मृत्यु

  • बिहिबार, जेष्ठ २८, २०८३
दुर्घटनामा फास्ट ट्र्याकका इञ्जिनियर र चालकको मृत्यु

काठमाडौं – हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा फाष्ट ट्र्याकमा कार्यरत इञ्जिनियर बारा, पचरौता–७ का २१ वर्षीय सूर्य यादव र चालक सिन्धुली, कमलामाई–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी घाइते भएका थिए ।

प्रहरी र सेनाको टोलीले घटनास्थलबाट उद्धार गरेर हेटौँडा अस्पताल ल्याएका दुवैजनालाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन् ।

पछिल्लो समय कान्तिपथ र हेटौँडा–सिन्धुली सडकमा अत्यधिक दुर्घटना भइरहेकाले सुरक्षामा ध्यान दिन, यात्रा गर्दा सावधानी रहन र रातिका समयमा सकभर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार