AarthikBikash
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • राजनीति
  • संसद बैठकमै एमाले सांसदले गरे आइतबारको बिदा हटाउन माग

संसद बैठकमै एमाले सांसदले गरे आइतबारको बिदा हटाउन माग

  • बिहिबार, जेष्ठ २८, २०८३
संसद बैठकमै एमाले सांसदले गरे आइतबारको बिदा हटाउन माग

काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबार पनि बिदा दिँदा सेवाग्राहीलाई अफ्ठ्यारो भएको बताए ।

उनले भने–‘सेवाग्राहीलाई कति मर्का पारेको छ ? सरकारसँग त्यसको कुनै हिसाब छ ? एक वर्षमा कति दिन बिदामा बस्नुपर्छ ? त्यसैले यसमा पनि क्रमभंग गर्न खोजेको हो भने शनिबार खोलेर आइतबार मात्रै बिदा दिँदा पनि राम्रो हुन्छ ।’

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले गत चैत २२ गते आइतबार सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले त्यतिबेला

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको जानकारी दिएका थिए ।

यसैबीच सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ।

सम्बन्धित समाचार