काठमाडौं – नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउनेहरु को हुन् भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा बोलाएर कानून र संविधानले नचिनेका गिरोहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।