AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • समाज
  • कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा वर्षाको सम्भावना

कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा वर्षाको सम्भावना

  • शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ। अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार