AarthikBikash
आइतवार, असार ७, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा महाधिवेशनमा गगन थापादेखि बाबुराम भट्टराईसम्म सहभागी

रास्वपा महाधिवेशनमा गगन थापादेखि बाबुराम भट्टराईसम्म सहभागी

  • आइतवार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा गगन थापादेखि बाबुराम भट्टराईसम्म सहभागी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ ।

देशभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिबीच महाधिवेशनको उद्घाटन गरिएको हो ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर गरेका छन्। उद्घाटनसँगै सभाहल तालीसहित नाराले गुञ्जिएको थियो।

महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू एउटै मञ्चमा उपस्थित हुनु रास्वपाको पहिलो महाधिवेशनको प्रमुख आकर्षण बनेको छ। उद्घाटन सत्र अहिले पनि जारी छ।

सम्बन्धित समाचार