AarthikBikash
शुक्रबार, असार २६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

  • शुक्रबार, असार २६, २०८३
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं– हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल प्रेसलाई बताए ।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो । वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए । नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो ।

सम्बन्धित समाचार