काठमाडौं – नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग आर्थिक कारोबारको सम्बन्ध देखिएपछि बुटवलका शशी शर्मा पौडेल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार शर्मालाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ ।
अनुसन्धानका क्रममा शशी शर्मा पौडेल र पूर्वअर्थमन्त्री विष्णु पौडेलबीच आर्थिक कारोबार भएको देखिएको बताइएको छ । यसै प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि पनि अनुसन्धान जारी राखेको छ।
यसअघि विष्णु पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। उनीमाथिको अनुसन्धानका लागि अदालतले सोमबार पाँचौँ पटक तीन दिनको म्याद थप गरेको छ।