AarthikBikash
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीलाई एमालेको प्रश्न : राष्ट्रलाई सम्बोधन कि फेसबुक मनिटाइजेसन ?

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : राष्ट्रलाई सम्बोधन कि फेसबुक मनिटाइजेसन ?

  • सोमवार, साउन २५, २०८३
प्रधानमन्त्रीलाई एमालेको प्रश्न : राष्ट्रलाई सम्बोधन कि फेसबुक मनिटाइजेसन ?

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन आफ्नो फेसबुकबाट गरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद निता घतानीले प्रधानमन्त्रीले आधिकारिक सरकारी माध्यबाट नभई आफ्नो फेसबुकबाट सम्बोधन गरेको भन्दै असन्तुष्टि  जनाएकी हुन्।

उनले भनिन्- ‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको होरु डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।’

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा दिने सम्बोधन फेसबुक मनिटाइजेसनमा केन्द्रित भएको उनको आरोप छ।

साथै, घतानीले प्रविधिको प्रयोग राम्रो भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउने खेलमा प्रधानमन्त्री लाग्नु दुःखद भएको बताइन् ।

यसैगरी उनले मुलुकमा जनताको निराशा बढ्दै गए पनि सरकारले त्यसतर्फ गम्भीर ध्यान नदिएको आरोप लगाइन् । जनतामा राज्यप्रति विश्वास घट्दै गएको भन्दै उनले सरकारलाई जनताका दैनिक समस्या तत्काल समाधान गर्न आग्रह गरिन् ।

घतानीले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

अघिल्लो समाचार

Mobiles Casino Mit 7 Gratis Bonus 2026
Mobiles Casino Mit 7 Gratis Bonus 2026

सम्बन्धित समाचार