AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

  • मङ्लबार, साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

काठमाडौं – जापान पठाइदिने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।

वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई प्रहरीले साउन २५ गते बुटवलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुढाथोकीले ग्याट्स्बी इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।

सोही कन्सल्टेन्सीमार्फत उनले ११५ जनालाई जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जापानमा रोजगारी तथा अन्य अवसरमा पठाइदिने आश्वासन दिएर रकम लिए पनि प्रतिबद्धताअनुसार काम नगरेको र रकमसमेत फिर्ता नदिएको पीडितहरूको आरोप छ।

कुल २ करोड ८० लाख रुपैयाँ  लिएपछि जापान नपठाएको तथा पैसा फिर्ता नगरेको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागले पक्राउ पुर्जी जारी गरेपछि बुढाथोकी पक्राउ परेका हुन्।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार