AarthikBikash
शुक्रबार, साउन २९, २०८३
  • होमपेज
  • समाचार
  • मौसममा मनसुनी वायुको प्रभाव, आज केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मौसममा मनसुनी वायुको प्रभाव, आज केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

  • शुक्रबार, साउन २९, २०८३
मौसममा मनसुनी वायुको प्रभाव, आज केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं-देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ।

राति देशभर साधारणतया बादल लाग्ने विभागको भनाइ छ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको विभागले जानकारी दिएको छ।

अघिल्लो समाचार

Ganar En Máquinas De Juego En Es 2026
Ganar En Máquinas De Juego En Es 2026

सम्बन्धित समाचार