AarthikBikash
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

  • सोमवार, भदौ ८, २०८३
उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर – उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बिहान सुपाडेबाट लालबजारतर्फ जाँदै गरेकोको. १ प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को। १ ख ३५१६ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। घाइतेमध्ये बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नामथर तथा ठेगाना नखुलेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुवैलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका थिए।

दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्रबहादुर थापा मगर, सोही स्थानका करिब १८ वर्षीय रोशन मगर र विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन्।

घाइतेमध्ये इन्द्रबहादुर थापा मगर र रोशन मगरको अवस्था गम्भीर रहेको छ भने अजित गुरुङको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।उनीहरू सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले बस र चालक ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सम्बन्धित समाचार