AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • समाज
  • भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३४१ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३४१ पुग्यो

  • आइतवार, भदौ २१, २०८३
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३४१ पुग्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३४१ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार बिहान ७ः४० बजेसम्मको खोज तथा उद्धारसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३७ शव जमिनमुनि व्यवस्थापन गरिएको जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म ९८ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। यस्तै, १ हजार २९७ वटा शवको पहिचान हुन बाँकी रहेको छ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। प्रहरीको पछिल्लो विवरणअनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन/बेपत्ता रहेका छन्।

यसैबीच, विपद्पछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा शव व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।

पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार