AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • समाज
  • पहिरोको कर्णाली राजमार्ग अवरुद्ध

पहिरोको कर्णाली राजमार्ग अवरुद्ध

  • आइतवार, भदौ २१, २०८३
पहिरोको कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट – अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। प्रहरीका अनुसार गगने खोलामा बिहाननैदेखि सडक बन्द भएको हो।

सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ।

सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन्।

सम्बन्धित समाचार