AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • समाज
  • देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु

देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु

  • आइतवार, भदौ २१, २०८३
देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु

नुवाकोट – भोटेकोसी बाढीले तादी नदीमाथिको पक्की पुल बगाएपछि नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा नेपाली सेनाले ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण थालेको छ।

भदौ १० गते आएको भोटेकोसी बाढीका कारण तादी नदीमाथिको पक्की पुल बगेपछि यस क्षेत्रको पैदल तथा सवारी आवागमन प्रभावित भएको थियो। आवागमन सहज बनाउन नेपाली सेनाले अस्थायी फलामे पुल निर्माण अघि बढाएको हो।

पुल निर्माणका लागि नेपाली सेनाका इन्जिनियरसहित ५५ जनाको टोली परिचालन गरिएको छ। टोलीले आवश्यक प्राविधिक तयारीसहित पुल जडानको काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।

सेनाका अनुसार अबको केही दिनमै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पुल सञ्चालनमा आएपछि देवीघाट क्षेत्रमा पैदल आवतजावतसँगै सवारीसाधनको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ।

निर्माणाधीन ‘एक्रो ब्रिज’ ६० मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। पुलले अधिकतम ५० टनसम्मको भार वहन गर्न सक्ने नेपाली सेनाले जनाएको छ।

सम्बन्धित समाचार