विराटनगर – फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार राति ८ः१५ बजे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसको केही घन्टापछि उनकी आमा २७ वर्षीया कविता श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कविताको शनिबार बिहान ६ बजे सोही अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साझ अटो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।