AarthikBikash
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कृष्णभीरको नयाँ ट्र्याकबाट ट्रक र ग्यासका बुलेटहरू पास

कृष्णभीरको नयाँ ट्र्याकबाट ट्रक र ग्यासका बुलेटहरू पास

  • आइतवार, भदौ २८, २०८३
कृष्णभीरको नयाँ ट्र्याकबाट ट्रक र ग्यासका बुलेटहरू पास

धादिङ – धादिङका विभिन्न ठाउँमा विगत १४ दिनदेखि रोकिएका ट्रकहरूलाई कृष्णभीरको नयाँ ट्रयाकबाट पास गराइएको छ।

प्रारम्भिकरूपमा नयाँ ट्र्याकको परीक्षणका लागि रोकिएका सवारीसाधान तथा ग्यास बोकेका बुलेटहरूलाई पास गराइएको हो आयोजना जानकारी दिएको छ।

अवरुद्ध सडक खुलाउन तथा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पार गराउन आवश्यक व्यवस्थापनको काम तीव्र पारिएको छ। तर, तत्काललाई सडक भने पूर्णरूपले सञ्चालन हुने छैन।

नागढुङ्गा-मुग्लिन सडक आयोजनाका कन्सल्टेन्ट इन्जिनियर अशोक देवकोटाका अनुसार अहिले रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पास गराउने काम भए पनि नयाँ ट्र्याक पूर्णरूपमा बनेपछि मात्रै सञ्चालनमा आउने छ।

सम्बन्धित समाचार