सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
स्रोतका अनुसार नक्सा पास गराइदिने भन्दै यादवले सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो।
टोलीले यादवलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर घटनासम्बन्धी कागजात तथा अन्य प्रमाण संकलन गरिरहेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।