AarthikBikash
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कक्रोचको प्रदर्शन चर्किँदा युट्युबर ध्रुव राठीसहित ६०० पक्राउ

कक्रोचको प्रदर्शन चर्किँदा युट्युबर ध्रुव राठीसहित ६०० पक्राउ

  • शनिबार, अशोज २४, २०८३
कक्रोचको प्रदर्शन चर्किँदा युट्युबर ध्रुव राठीसहित ६०० पक्राउ

एजेन्सी – भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआर निलम्बनको माग गर्दै प्रदर्शन चर्किएको छ।

राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा ‘कक्रोच जनता पार्टी’का समर्थकहरूले प्रदर्शन गरिरहेका बेला प्रहरीले चर्चित युट्युबर ध्रुव राठीसहित ६०० जनालाई पक्राउ गरेको छ ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार प्रदर्शनका क्रममा प्रहरीले राठी र कक्रोच जनता पार्टीका समर्थकहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनस्थलका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनस्थलमा सीमा सुरक्षा बल ९बीएसएफ०का कर्मचारीसहित ३ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित तनाव व्यवस्थापनका लागि १० वटा हिरासत केन्द्रसमेत स्थापना गरिएको विवरणमा उल्लेख छ ।

प्रदर्शनको असर यातायातमा पनि परेको छ । नयाँ दिल्ली र हजरत निजामुद्दिन स्टेसनमा आउने २५० वटा मेल तथा एक्सप्रेस रेल आजका लागि रद्द गरिएको जनाइएको छ । त्यस्तै, ४५ वटा मेट्रो स्टेसन बन्द गरिएका छन् ।

यसैबीच, शुक्रबार राति १० बजेदेखि शनिबार राति १० बजेसम्म इन्डिया गेट वरपरको चार किलोमिटर क्षेत्रभित्र इन्टरनेट सेवा बन्द गरिएको विवरणमा उल्लेख छ ।

प्रदर्शनको आह्वानकै बीच ध्रुव राठीलाई शनिबार बिहान हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ बाट पक्राउ गरिएको बीबीसीले जनाएको थियो । पक्राउ पर्नुअघि उनले दिल्लीको इन्डिया गेटनजिकै खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको र रेल तथा बस सेवा रद्द भएको दाबी गरेका थिए ।

सम्बन्धित समाचार