AarthikBikash
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • खेलकुद
  • विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

  • बिहिबार, कार्तिक १३, २०८३
विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

काठमाडौं – ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।

विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे । चौथो विकेटका लािग लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।

१६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहे ।

एन्जेलो २२ बलमा ३१ रनमा आउट भए । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट भए । बसिर अहमद १३ रनमा आउट हुँदा सुजन थपलिया अविजित रहे ।

बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । ४ ओभरमा सोमपालले ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराए । मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिए । मार्कले बलमा ओपनर इम्रान आउटको शिकार बने । नन्दनले अन्तिम बलमा बसिरलाई बोल्डआउट गरे ।

पहिलो खेलमा चितवन राइनोजसँग ९ रनले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा छ । कर्णालीले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो

सम्बन्धित समाचार