AarthikBikash
शुक्रबार, कार्तिक २१, २०८३
  • होमपेज
  • समाज
  • हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा बिहान हुस्सु र कुहिरो

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा बिहान हुस्सु र कुहिरो

  • शुक्रबार, कार्तिक २१, २०८३
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा बिहान हुस्सु र कुहिरो

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।

जसको प्रभावले देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही भू–भाग, उपत्यका र खोलाका खोँचहरूमा बिहानीको समयमा हुस्सु तथा कुहिरो लागेको छ ।

त्यस्तै आज दिउँसो देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाको भनाई छ ।

सम्बन्धित समाचार