काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।
मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले शुक्रबार पनि बैठक बस्न लागेको हो ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहीबारको बैठकमा ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
बाँकी सदस्यहरूले पनि धारणा राख्ने क्रम जारी रहेकाले बैठक शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने दुलालले जानकारी दिएका छन् ।