काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। ’ […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका […]
काठमाडौं – निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो । गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी […]
पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन छ । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् […]