चुनाव रोकिन्छ भन्ने हल्लाको पछि नलागौँ: गृहमन्त्री अर्याल
मोरङ – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन रोकिन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार विराटनगरमा निर्वाचन सुरक्षासम्बन्धी छलफलपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले यस्तो भनेका हुन् । निर्वाचन निर्धारित मितिमै हुने बताउँदै उनले भने- ‘यो निर्वाचनको तयारी यहाँसम्म पुगेको छ। यो रोकिन्छ, हुँदैन, यस्तो अफवाहमा पनि यसलाई पत्याएर यसलाई टेकेर प्रश्न जन्मिनु उचित […]