प्रविधिको उच्चतम प्रयोगसँगै समयसापेक्ष पाठ्यक्रम आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोग गर्दै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु शिक्षाको प्रमुख दायित्व भएको बताए । उनले आयात […]