कांग्रेसले १५औँ महाधिवेशनका लागि बनायो १५ समिति, गगनको नेतृत्वमा निर्देशन समिति
काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ। सभापति गगनकुमार थापाको संयोजकत्वमा गठन गरिएको केन्द्रीय निर्देशन समितिमा विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन्। […]