काठमाडौं – सरकारका पछिल्ला गतिविधि, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघि सुरु भएको बैठकमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन् ।
बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी छन्।
त्यस्तै, एमालेबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर तथा राप्रपाबाट खुश्बु ओलीलगायत नेता बैठकमा उपस्थित छन्।
बैठकमा सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भएको भनिएको प्रहारलगायत विषयमा छलफल हुने बताइएको छ।