AarthikBikash
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • राजनीति
  • न्यायाधीश प्रकरणमा फुलकोर्टको पाँचबुँदे निर्णय सार्वजनिक

न्यायाधीश प्रकरणमा फुलकोर्टको पाँचबुँदे निर्णय सार्वजनिक

  • सोमवार, कार्तिक १७, २०८३
न्यायाधीश प्रकरणमा फुलकोर्टको पाँचबुँदे निर्णय सार्वजनिक

काठमाडौं – सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले पाँचबुँदे निर्णय सार्वजनिक गर्दै समाचारमा उठेका विषयको स्वतन्त्र र निष्पक्ष छानबिन गरी यथाशीघ्र निष्कर्ष सार्वजनिक गर्न आग्रह गरेको हो।

पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको जनाएको छ।

साथै, सञ्चारमाध्यममा प्रकाशित समाचारबारे हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न तथा आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

त्यस्तै, छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

पूर्ण बैठकले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई पनि आग्रह गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले पूर्ण बैठकका निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।

अघिल्लो समाचार

Hva Er Reglene For å Spille Røde Tall I Roulette
Hva Er Reglene For å Spille Røde Tall I Roulette

अर्को समाचार

Hva Er Utbetalingen For Big Series På Rouletten
Hva Er Utbetalingen For Big Series På Rouletten

सम्बन्धित समाचार