काठमाडौं-काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
काठमाडौं-पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहेर गणतन्त्र नहट्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहँदैमा गणतन्त्र नहट्ने दावी गरे । उनले भने–‘त्यसकारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको […]
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानूनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो । रास्वपाको शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय ९भर्चुअल० बैठकले काठमाडौंको […]
काठमाडौं-राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ भएको छ । शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो । प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन । अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ । […]