प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। विभिन्न १६ कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले शनिबार ११ः३० बजेदेखि प्रदेशस्तरीय सन्देशसभा गर्न लागेको हो बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। […]