कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित
काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्नेछ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। […]