काठमाडौं– नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा […]
काठमाडौं– संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश […]
काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
काठमाडौं– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा राजकिशोर यादव र पूर्वपर्यटनमन्त्री सुदन किरातीबीच चर्काचर्की भएको छ ।सभापति यादवले सांसद किराँतीलाइ विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरेपछि दुबै जनाबीच चर्काचर्की भएको हो ।बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसिसीबारे धारणा राख्न थाले।सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरूमा जान आग्रह गरे। सभापतिको आग्रहपछि किरातीले […]