काठमाडौं – नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ । बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो । यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ । अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको […]
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे आरम्भ हुने छ । […]