काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य धर्म मुचुल्का […]
काठमाडौं – देशका विभिन्न स्थानहरूमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । असिनासहितको वर्षा र हिमपात हुन सक्ने भन्दै सरकारी निकायले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान जारी गरेको सूचना अनुसार आगामी २४ घण्टासम्म कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी […]
काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व समापन गरिँदैछ। चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर ब्रत समापन गर्न लागेका हुन्। यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। छठको मिथिलाञ्चलको महान् पर्व हो। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन शुरु भई सप्तमीमा समापन हुन्छ। […]