भोटेकोशी बाढी : १ हजार ३८६ शव फेला, ५१३० जना बेपत्ता
काठमाडौं – भोटेकोशी बाढीले बगाएका १ हजार ३८६ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट मृत्यु भएकामध्ये १ हजार ३८६ जनाको शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये चितवनमा ३६४ जना,नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२,नुवाकोटमा १९९,रसुवामा १८५,गोरखामा […]