काठमाडौं – बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका […]
काठमाडौं – रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्। उनले १२२६२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मा रोकिए । यससँगै लुम्बिनी प्रदेशबाट माओवादीले प्रतिनिधसभामा पहिलो जित दर्ता गराएको छ […]
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।