AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो

  • मङ्लबार, माघ ३, २०७९
सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो

काठमाडौं-सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ ।

माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । उसले भौतिक पूर्वाधार लिइसकेको छ ।

गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद पाएको छ ।

जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्पति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । जनमतलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

ति नेताका अनुुसार संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने प्रयास पनि भइरहेको छ । त्यसो भएमा माओवादीले कानुन वा वन मध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ ।

मन्त्रालय भागवण्डा भइसकेको भएपनि सल्लाहमा हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार