काठमाडौं – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । त्यसअघि बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, […]
काठमाडौं – संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच छलफल सुरु भएको छ। बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री गिरीको नेतृत्वको समितिबीच छलफल चलिरहेको हो। अहिले युनियनका प्रतिनिधिसँग संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, नेकपा एमाले सचेतक सुनिता बराल बैठकमा सहभागी छन्। […]
काठमाडौं – आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। ७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा […]