AarthikBikash
सोमवार, अशोज २७, २०८२

राजनीति

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा
राजनीति
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा
  • २ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेसी न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा तोकिएको हो। यसअघि न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको थियो। २०७९ फागुन २६ गते अग्राधिकार र कारण देखाउ आदेश जारी […]

व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भयो : केपी ओली
राजनीति
व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भयो : केपी ओली
  • २ years अगाडि

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् । शनिवार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए । अध्यक्ष ओलीले अवस्था परिवर्तन नभएको भन्ने हल्लामा […]

मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति
राजनीति
मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति
  • २ years अगाडि

काठमाडौं-राष्ट्रिय जनमोर्चाबाट राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्। बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिमाथिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए। उनले नयाँ सरकारलाई जनताका जल्दाबल्दा समस्या समाधान गर्न सुझाव दिए।

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको चेतावनी
राजनीति
राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको चेतावनी
  • २ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै […]