काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन्।सप्तरीमा आयोजिक एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।गृहमन्त्री श्रेष्ठले ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताए। गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं […]
काठमाडौं-त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपकुलपति पदको नियुक्ति लिएपछि पत्रकारसँग बोल्दै उनले प्राज्ञिक क्षेत्र सुधार्ने हो भने राजनीतिक हस्तक्षेप नगर्न सरोकारवालाको ध्यानाकर्षण गरेका हुन् । विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरिएमा त्रिविको सुधार सम्भव नहुने उनले बताए। […]
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश हुने दावी गरेका छन्।शुक्रबार १३ औं मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले भने,’विधेयक सदनमा पारित हुने अन्तिम चरणमा छ । ४ र ५ दिनमै सदनमा पेश भएर पास हुन्छ।’ प्रधानमन्त्री प्रचण्डले विधेयक पास भएपछि सबै सहिदका परिवारले […]