कांग्रेसले पनि टुङ्ग्यायो समानुपातिकबाट २० सांसदको नाम, १५ जना महिला
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम टुङ्गो लगाएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो । सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । सिफारिस भएका मध्ये आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, […]