सन्दीप लामिछानेको मुद्दा भोलि टुङ्ग्याउने तयारी
काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । आज बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता चन्द्र पन्थीले जानकारी दिए। बिहीबार जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए। […]