mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • व्यवसायीहरूलाई धम्क्याएर तीन करोड माग्ने काभ्रेका एक जना सहित चार जना प’क्राउ

व्यवसायीहरूलाई धम्क्याएर तीन करोड माग्ने काभ्रेका एक जना सहित चार जना प’क्राउ

  • मङ्लबार, कार्तिक २५, २०७७
व्यवसायीहरूलाई धम्क्याएर तीन करोड माग्ने काभ्रेका एक जना सहित चार जना प’क्राउ

काठमाडौं, कात्तिक २५ : काठमाडौंका व्यवसायीहरूलाई विप्लव समूहको नाममा धम्क्याएर तीन करोड माग्ने चार जना प’क्राउ परेका छन्।
महानगरीय अ’पराध महाशाखाको टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई प’क्राउ गरेको हो।

प’क्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछापका ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेका ५२ वर्षीय तिर्थमान तामाङ र चितवनका ४२ वर्षीय नन्दुराज आचार्य छन्।

उनीहरूलाई महाशाखाको टोलीले सोमबार नै प’क्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूले काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानका व्यवसायीहरूलाई फोन गरी धम्क्याउँथे।

उनीहरूले आफूहरू नेकपा माओवादी, विप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौं भनेर चिनाउँथे। त्यसरी चिनाएपछि उनीहरूले तीन करोड चन्दा माग गर्ने गरेको र नदिएमा भौतिक कारबाहीको धम्की समेत दिने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए।

त्यस्तै उनीहरूले व्यवसायीहरू कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम समेत माग गरेको भन्ने महाशाखामा सूचना पाएको थियो। त्यही अनुसार महाशाखाको टोलीले उनीहरूको खोजी गरी प’क्राउ गरेको हो।

उनीहरूविरूद्ध आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति समेत प्राप्त भइसकेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार