AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

  • बुधबार, असार १५, २०७९
लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

काठमाडौं – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् ।

विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने दाङका वाईसीएल नेता एकराज बस्नेतको घरभित्रै पसेर उनकी पत्नी मीना भण्डारी बस्नेत र उनकी छोरीलाई कुटपिट गरेपछि वली विवादमा तानिएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियाे ।

साे घटनाबारे छानबिन गर्न सरकारले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनसमेत गरेको थियो । आज छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको र त्यसलाई सघाउन नै उनले राजीनामा दिएको बताइएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार