AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सभामुख सापकोटा आज स्वदेश फर्किंदै

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

  • आइतवार, असार १९, २०७९
सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं – अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किन लागेको हो ।

सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ सवा ७ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल गत मंगलबार अजरबैजान प्रस्थान गरेका थियाे ।

बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

नेपाली संसदीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार