AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • समाचार
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार मंगलबार हुने

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार मंगलबार हुने

  • शनिबार, असार २५, २०७९
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कार मंगलबार हुने

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।

शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए ।

श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ । हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ ।

४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन् ।

Facebook Comments

सम्बन्धित समाचार