AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

  • मङ्लबार, साउन १०, २०७९
भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाठौं – भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार ८३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ।

हिजो १६ हजार ८६६ जना सङ्क्रमित भएका थिए। हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब ४ करोड ३९ लाख पुगेको छ। हाल यहाँ १ लाख ४७ हजार ५१२ सक्रिय सङ्क्रमित छन्। सोही अवधिमा १८ हजार १३९ सङ्क्रमणमुक्त भएका छन्। योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४ करोड ३२ लाख ५० हजार ५ भन्दा बढी पुगेको छ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ। महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ। सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ।

Facebook Comments

सम्बन्धित समाचार